
Empower Your Learning
“शिक्षा भनेको उज्यालो हो, जसले अन्धकार हटाउँछ र नयाँ सम्भावनाहरूको ढोका खोल्दछ।”
— गौतम बुद्ध
Ideal learning environment
Gautam Buddha Multiple Campus
स्थानीय स्तरमै गुणस्तरीय शिक्षाको आवश्यकतालाई मनन गरेर स्थानीय वासिन्दाको सहकार्यमा कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका र यस वरिपरिका विभित्र क्षेत्रमा सामुदायिक तथा संस्थागत शैक्षिक संस्थाहरुको स्थापना हुने क्रम जारी रहेको छ । देशको राजनैतिक परिवर्तनसँगै जनतामा आएको शैक्षिक जागरणले समेत शैक्षिक संस्थाहरुको विकासले गति लिन थालेको छ । सामाजिक विकासको आधारशिलाको रुपमा रहेका शिक्षण संस्थाहरुको विकास र स्तर उन्नति गरी उच्च शिक्षा प्राप्त गर्ने कार्यमा जनचासो र सरोकार बढेको स्पष्ट देख्न सकिन्छ । कपिलवस्तु जिल्ला न्यून मानव विकास सूचाकाङ्क रहेको जिल्ला हो । शैक्षिक अवसरहरुको अभावले जनताको सामाजिक आर्थिक विकासमा दूरगामी प्रभाव पारिरहेको छ ।
